एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना निर्विरोध निर्वाचित

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १६ : २४
एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना निर्विरोध निर्वाचित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका लागि तोकिएको कोटाभन्दा धेरै उम्मेदवारी नपरेको र केही उम्मेदवारहरुले  उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।

 

सुर्खेत 

 

सुर्खेतको प्रदेशसभा भूगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१ (क) मा दुई जना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक जना महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१ (ख) एक जना महिलातर्फ हरिकला राना गरी चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२ (क) महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा–२ (ख) बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य एमाले कर्णाली प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएकी छन्।

जुम्ला

जुम्ला प्रदेशसभा (क) बाट धनकृष्ण पाण्डे र भिमबहादुर थापा, जुम्ला प्रदेशसभा (ख) बाट दुई जना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा (ख)बाट एक जना महिला सदस्यमा चुक्की शाही गरी पाँच जना निर्वाचित भएका छन् ।

हुम्ला 

हुम्ला भूगोलतर्फ प्रदेशसभा (ख) दुई जना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा (ख) एक जना महिलातर्फ रुपा शाही ३ जना प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन्।

डोल्पा

डोल्पा भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय (बुढा) र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक जना महिला सदस्यतर्फ चन्द्रा कुमारी बुढा गरी ६ जना सदस्य प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएका छन्।

मुगु

मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुई जना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिंग लामा, एक जना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एक जना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

दैलेख

दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक जना महिला सदस्यमा तप्तकुमारी खड्का (थापा), दैलेख प्रदेशसभा–२ (क) सर्वराज महतारा र डा. रमेशकुमार आचार्य गरी तीनजना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

रुकुम पश्चिम

रुकुम पश्चिम प्रदेशसभा (क)बाट दुई जना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक जना महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा (ख) मा दुई जना पुरुषतर्फ गणेशकुमार विक र टंकप्रसाद वली निर्विरोध पाँच जना उम्मेदवार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन्।

सल्यान

सल्यान प्रदेशसभा ९क०मा दुई जना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक जना महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा (ख)मा दुई जना पुरुषतर्फ घनश्याम शर्मा र वुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ।

जाजरकोट 

जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक जना महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन्।

कलस्टर अनुसार

यस्तै, जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच जना महिला सदस्यमा चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित भएकी छन्। पाँच जना महिला सदस्य रहेको कोटामा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको हो।

१ जना कोटा रहेको अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन्। 

प्रदेश लेखा समितिको उपाध्यक्षमा अमरबहादुर चन्द, दुई जना महिला सदस्यमा जाजरकोटकी कमला कुमारी शाी र रुकुम पश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन्।

लेखा समितिको खुला २ जना सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको छ। जसमा रुकुम पश्चिमका मिजाश मल्लको उम्मेदवारी परेको हो । उनी पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस