काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ । मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए ।मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, ११ : ०७
लेखकबाट थप