बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, ०९ : २९
बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी

काठमाडौ । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छिन् । 'बाख्रापालन व्यवसायबाट वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ,' उनले भनिन् । 

उनले यस वर्ष १५  बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरेर सात लाख बढी आम्दानी गरेको सनुाइन् । 'बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ,' उनले भनिन् । उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेकी छन् । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताइन् । 

उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उनले पछिल्लो समय १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छन् । 

प्रतिक्रिया दिनुहोस