काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था बिस्तारै लयमा फर्कन थालेको बताएका छन् । शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गरे ।
अर्थमन्त्री डा. महतले बैङ्कहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताए । अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।
सरकारमाथि आन्तरिक र बाह्य ऋणको साँवाब्याज तिर्ने दायित्व बढेको पनि उनले बताए । मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोसी-मरिन-कमला डाइभर्सनको काम अगाडि बढाइएको उनले जानकारी गराए । पूर्व-पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने उनले बताए ।
मधेसलाई धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यानकेन्द्रित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु