काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था बिस्तारै लयमा फर्कन थालेको बताएका छन् । शनिबार जनकपुरमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गरे ।
अर्थमन्त्री डा. महतले बैङ्कहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताए । अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।
सरकारमाथि आन्तरिक र बाह्य ऋणको साँवाब्याज तिर्ने दायित्व बढेको पनि उनले बताए । मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोसी-मरिन-कमला डाइभर्सनको काम अगाडि बढाइएको उनले जानकारी गराए । पूर्व-पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने उनले बताए ।
मधेसलाई धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यानकेन्द्रित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र