काठमाडौ । नेकपा एमालेको कर्णाली प्रदेश नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।
शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरू हुनेछ। मतदान प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालय सुर्खेतमा हुने बताइएको छ। एमालेको कर्णाली प्रदेशको नेतृत्व लिन पाँच जनाले उम्मेदवारी दिएका छन्।
यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ।
सचिवमा रूद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवकुमार शाहीको उम्मेदवारी परेको छ। उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ।
खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ।
यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ।
अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचवि शंकर पोखरेलले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए।
तर सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुने भएको छ। निर्वाचन कमिटीले आज बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
अध्यक्षमा कालीकोटका मिनबहादुर शाहीलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ। उनले शाहीको नाम सर्वसम्मतिले टुंग्याउन निर्देशन दिएका थिए।
शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्। प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह