वीरगञ्ज । राप्रपा नेपालले असोज १४ गते आइतबार पर्साको वीरगञ्ज सभा गर्ने भएको छ । घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।
‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने ।
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ । सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा
'भ्रष्ट व्यवस्था' अन्त्यको माग गर्दै राप्रपा नेपालको प्रदर्शन, स्थिति तनावग्रस्त (तस्वीरहरू)
राप्रपा नेपालको विरोध प्रदर्शन आज
पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने