नयाँबानेश्वर-माइतीघर सडकमा डाक्टरहरूको प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १५ : १२
नयाँबानेश्वर-माइतीघर सडकमा डाक्टरहरूको प्रदर्शन

काठमाडौँ। काठमाडौँमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरूले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।

डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्म आएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन  सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् ।

अस्पतालहरूमा चिकित्सकहरूमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहरूले केही दिनयता काठमाडौँमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस