काठमाडौँ । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आजसम्म आइपुग्दा १६२ जना निर्विरोध निर्वाचित भएका हुन् ।
अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी रहेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुङ्गेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् ।
दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् । दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादबाहेक अरू वादको भविष्य छैन : प्रदिप ज्ञवाली
नेकपा एमालेले तयार पार्यो ८८५ प्रशिक्षक
एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने
बागमतीका मुख्यमन्त्रीसँग एमाले आक्रोशित
एमालेले १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने
एमालेले गर्यो मधेश प्रदेशसभा बैठक अवरुद्ध