काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीनको छन्दु जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट शुक्रबार छन्दु जान लागेका उनको सचिवालयले जनाएको छ ।
शुक्रबार बिहान स्थानीय समयअनुसार ९ः४५ बजे ङारीको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
उन स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे छन्दु पुग्नने छन् । छन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि उनसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम छ ।
बुधबार चीनको छोङछिङबाट ल्हासा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएका थिए । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान