काठमाडौ । दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ ।
जिल्लाको चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो ।
दमक-१ कुमाल चोकस्थित एक होटेलमा राति अबेरसम्म मादक पदार्थ सेवन गरेका उनीसहितको समूहमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनामा अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको दमक प्रहरी प्रमुख मनोज कुमार लामाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या