इन्द्रजात्रा हेर्न विदेशी पाहुना काठमाडौँमा

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, १५ : ४६
इन्द्रजात्रा हेर्न विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौँमा विभिन्न देशका जनप्रतिनिधिहरू आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् ।

महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आएका छन् । आन्तरिक भगिनी सम्बन्ध भएका शहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरू आएका छन् ।

महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

बिहीबार बिहान वसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो । पाहुनाहरूले कुमारी रथ यात्राको अवलोकन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस