कामना सेवा विकास बैंक र युनिसेक्स सलूनबीच मर्चेन्ट सम्झौता

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, १२ : १७
कामना सेवा विकास बैंक र युनिसेक्स सलूनबीच मर्चेन्ट सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलूनबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देहीको देवदहस्थित सलून ले  प्रदान गर्ने हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस