चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह

एजेन्सी

विहीबार, ११ असोज २०८०, ११ : ३०
चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह

काठमाडौँ । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट नवीनतम ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन-३३ ०४ नामक उपग्रह लङ मार्च-४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४:१५ बजे प्रक्षेपण गरिएको थियो ।

यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम र राहतकार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४८९औँ उडान अभियान हो ।

 

प्रतिक्रिया दिनुहोस