काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धमा विभिन्न कीर्तिमान बनाउँदै भारतीय क्रिकेटरका समेत ‘रेकर्ड’ तोडेका नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बिहीवार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाली क्रिकेटरको प्रदर्शनबारे भारतसँगै विश्वभर चर्चा भएकोप्रति पनि खुसी व्यक्त गरेका छन् ।
‘नेपाली क्रिकेटरको कीर्तिमानी प्रदर्शनको विश्वभर चर्चा भएको छ। खासगरी टी–२०, वान डे, टेस्ट क्रिकेटमा माथिल्लो स्तरमा रहेको भारतका मिडियामासमेत नेपालको क्रिकेटको व्यापक चर्चा छ ।
अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट टोलीको प्रशंसाले मन आनन्दित भएको छ । बधाई नेपाली टोली र खेलाडीलाई !’, उनले टिकटकको भिडियो बिहीवार फेसबुकमा राख्दै लेखेका छन् ।
बुधवार बिहान नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनाएको थियो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे ।
मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो ।
भारतका ठूला मानिएका सञ्चारमाध्यम (मिडिया)हरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपाली खेलाडीले भारतका वर्तमान कप्तान रोेहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका छन् । कुशल मल्लले ३४ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए ।
कुशलले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान तोेडेका हुन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेका थिए । दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो ।
चीनको झेजियाङमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मात्र ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो ।
नेपालका लागि कुशलले सर्वाधिक अविजित १३७ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ६१ र दीपेन्द्रले अविजित ५२ रन बनाएका थिए ।
३१५ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मंगोलिया १३.१ ओभरमा मात्र ४१ रन बनाएर अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले समान २ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी