आमा बन्दै रेखा थापा

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १६ : ०६
आमा बन्दै रेखा थापा

काठमाडौं । चर्चित नायिका तथा नेतृ रेखा थापा आमा बन्ने भएकी छिन् । थापाले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् ।

गत वर्षमात्रै बलराम शाहीसँग वैवाहिक बन्धनमा बाँधिएकी नायिका थापाले आगामी फागुन/चैत्रमा डेलिभरी दिन लागेको स्पष्ट पारिन् । नायिका थापा भने फिल्म उपहारको छायांकनमा व्यस्त छिन् ।

नायिका थापाले आफू आमा बन्न लागेको कुरा आफ्नो फेशबुकमार्फत खुलासा गरेकी हुन् । उनले फेशबुकमा पति बलरामसँगको तस्विर सेयर गर्दै लेखेकी छिन्-“भबिष्य पनि गजबको उपहार हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ । बलराम शाही ठकुरी !“