काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक प्राप्त गर्नेछन् । कार्तिक ३, २०८० सम्म चल्ने बैंकका यस अभियान अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
ग्लोबल आइएमई बैंकले भव्य रूपमा मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस