काठमाडौं। काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा निरन्तर उभिएर आन्दोलनरत अभियन्ता ईः को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। ९ दिनदेखि उभिइरहेका उनको खुट्टा सुन्निएको छ भने शरीरमा पनि खटिराहरू देखिएका छन् ।
उनलाई उभिन पनि दुइटा लौरोको सहायता चाहिने अवस्था आएको छ । यसअघि एउटा लौरो टेकेर उभिँदै आएका थिए ।मंगलबार महानगर र ई: बीचको वार्ता निष्कर्षविहीन बनेको थियो ।
वार्तामा चार बुँदे समझदारी पत्रको ड्राफ्ट गरिए पनि महानगर प्रमुख बालेन शाहले ड्राफ्टमा उल्लेखित केही विषयमा असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । ई र उनका सहकर्मीहरूले फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न ८ दिनदेखि राष्ट्रिय सभागृहको मूल गेटमा उभिएर प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १३ : ०२
लेखकबाट थप