ट्राइयाथलन टोली चीन प्रस्थान

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १६ : ३३
ट्राइयाथलन टोली चीन प्रस्थान

काठमाडौँ । चीनको हाङ्गझाउमा आयोजना भइरहेको १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ ।नेपाली टोलीमा टिम व्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु रहेका छन् ।

 

ट्राईयाथलनमा नेपालले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छ । श्रेवी, मौलिक र वसन्तले व्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्ने छन् भने युस्काले मिक्स रिलेमा मात्र प्रतिस्पर्धा गर्नेछिन् ।

 

वसन्त थारु बाहेक अन्य खेलाडीहरुको एसियन गेम्समा पहिलो अनुभव रहेको छ । वसन्त थारुले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पदक दिलाइसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एसियन गेम र ईडोनेसियामा भएको जाकार्ता एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।

ट्राईयाथलन प्रतियोगिता १९ गते शुक्रवारबाट सुरु हुनेछ । आधिकारिक रूपमा ट्राईयाथलन संघको स्थापना पश्चात् छोटो समयमा नै नेपाली खेलाडीहरूले नेपालका लागि पदक जोड्न सफल भइसकेका छन् ।नेपाली टोलीलाई संघका सदस्य मिकेन महर्जन लगायतले अन्तराष्ट्रिय बिमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

प्रतिक्रिया दिनुहोस