प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युआन जीयाजुनबीच भेट

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १५ : ५४
प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युआन जीयाजुनबीच भेट

काठमाडौं । चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका छोङछिङ नगर कमिटीका अध्यक्ष युयान जीयाजुनबीच भेट भएको छ ।

भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरेका छन् । प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एंव आधुनिक कृषि प्रणालीबारे जानकारी लिए ।

प्रतिक्रिया दिनुहोस