काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङमा राजनीतिक भेटवार्ता सकेर मंगलवार चोङक्विङ पुगेका छन् । त्यहाँ गएर उनले आधुनिक कृषिको अवलोकन गरेका छन् ।उनलाई चोङक्विङमा सो महानगरपालिकाका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले चोङक्विङ विमानस्थलमा स्वागत गरेका थिए ।
चोङक्विङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी प्रधानमन्त्री प्रचण्डले त्यहाँका वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरेका छन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् ।
चोङक्विङमा प्रधानमन्त्री प्रचण्डले र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र नगरपालिकाका समितिका सचिव युन ज्याजुनसँग भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान