ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १४ : ४६
ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौँ । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । सयौँको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रदर्शन गरेका हुन् ।

फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रूरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।

प्रदर्शनमा सहभागी फुटपाथ व्यवसायीहरूले महानगरको विरोधमा नाराबाजी गरिरहेका छन् । ‘गरिब मारा कामनपा, हामीलाई सास फेर्न पनि ठाउँ नदिएर के पाउँछौँ ?’, गरिब होइन गरिबी हटाऊ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस