काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा आजदेखि सुरू

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १२ : १९
काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा आजदेखि सुरू

काठमाडौं । उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू भएको छ । हनुमानढोका दरवार स्क्वायरमा १०ः३७ मिनेटमा इन्द्रध्वाज उत्थान गरेपछि आजबाट औपचारिक रुपमा इन्द्र जात्रा शुरु भएको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सवैभन्दा ठूलो, रमाइलो र महत्वपूर्ण जात्राको रुपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।
 

प्रतिक्रिया दिनुहोस