प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, ११ : २४
प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्ने छन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमण दलका अन्य सदस्य पनि छन् ।

प्रतिक्रिया दिनुहोस