‘ई’लाई भेटेर उपमेयर डंगोलले भनिन्– फुटपाथ व्यवसायीलाई विकल्प दिने नीति बनाउन प्रयास गर्छु

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १० : ३९
‘ई’लाई भेटेर उपमेयर डंगोलले भनिन्– फुटपाथ व्यवसायीलाई विकल्प दिने नीति बनाउन प्रयास गर्छु

काठमाडौं। फुटपाथ व्यवसायीको पक्षमा आन्दोलनरत अभियन्ता ‘ई’लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोल राष्ट्रिय सभागृह अगाडि पुगेकी छिन् । मंगलवार बिहान सभागृहअगाडि पुगेर उनले ‘ई’को स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् ।

 

भेटका क्रममा उपमेयर डंगोलले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने बताएको महानगर स्रोतले जनाएको छ ।अभियन्ता ‘ई’ सभागृहको गेटमा १८८ घण्टादेखि उभिइरहेका छन् । जहाँ महानगरको कार्यालय पनि छ । 

प्रतिक्रिया दिनुहोस