जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जनकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्।
सोमबार जनकपुरधाम आएका राष्ट्रपति पौडेलले मन्दिरमा पूजापाठ गरी मन्दिरको अवलोकनसमेत गरे।
उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुलीकुमारी महासेठ, प्रदेश सरकारका मन्त्रीहरू रहेका थिए।
जानकी मन्दिरमा राष्ट्रपति आउने भएपछि मन्दिरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो । पूजा गरेर राष्ट्रपति पौडेल प्रदेश प्रमुखकहाँ गएका छन् भने १ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।
नागरिकता विधेयक प्रमाणीकरण गरेकाले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो। राष्ट्रपति पौडेल राष्ट्रपति भएपछि पहिलाेपटक जनकपुरधाम आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति