जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जनकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्।
सोमबार जनकपुरधाम आएका राष्ट्रपति पौडेलले मन्दिरमा पूजापाठ गरी मन्दिरको अवलोकनसमेत गरे।
उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुलीकुमारी महासेठ, प्रदेश सरकारका मन्त्रीहरू रहेका थिए।
जानकी मन्दिरमा राष्ट्रपति आउने भएपछि मन्दिरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो । पूजा गरेर राष्ट्रपति पौडेल प्रदेश प्रमुखकहाँ गएका छन् भने १ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।
नागरिकता विधेयक प्रमाणीकरण गरेकाले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो। राष्ट्रपति पौडेल राष्ट्रपति भएपछि पहिलाेपटक जनकपुरधाम आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन