बेइजिङ । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रिभोजमा सहभागी भएका छन् ।
प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलमा सहभागी नेपाली प्रतिनिधिमण्डलको स्वागतमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गरेको सो समारोहमा प्रधानमन्त्री दाहाल सहभागी भएका हुन् ।
त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरू, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, चीनमा रहेका नेपाली समुदायका व्यक्तिहरूका साथै चिनियाँ समुदायका नागरिकहरू पनि सहभागी भएका थिए ।
सो अवसरमा राजदूत श्रेष्ठले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको महत्त्वलाई बुझेर आफूले सो सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गरिरहेको बताए । उनले चीनले पछिल्ला दशकहरूमा गरिरहेको अद्वितीय विकास र प्रगतिको मोडलबाट सिकेर उसको समृद्धिबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले आइतबार आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ असोज २०८०, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन् : प्रधानमन्त्री प्रचण्ड
समाजमा नकरात्मक प्रवृति बढ्यो, त्यो ओरालो यात्रा मात्र हो : प्रधानमन्त्री प्रचण्ड
शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड
मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा