प्रधानसेनापति शर्मा भारत प्रस्थान

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, १४ : ३०
प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान गरेका हुन् । 

दिल्लीमा सोमबारदेखि दुई दिन चल्ने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा सहभागगी हुन उनी त्यसतर्फ गएका हुन् ।उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् । ११ असोजमा प्रधानसेनापति शर्मा स्वदेश फर्किनेछन् । 
 

प्रतिक्रिया दिनुहोस