काठमाडौँ। कांग्रेस केन्द्रीय सदस्य राजन केसीले समानुपातिक प्रणाली हटाए मात्रै मुलुकमा स्थिर सरकार बन्ने बताएका छन् ।कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा उनले माओवादीको दबदबालाई अन्त्य गर्न सम्झौतामा समानुपातिक प्रणालीलाई समेटेर संविधान बनाए पनि अब पुनर्विचार गरे मात्रै स्थिर सरकार बनाउन सकिने बताएका हुन् ।
‘माओवादी दबाबपछि सम्झौतामा संविधान बनायौं । तर ४० प्रतिशत समानुपातिक राख्दा कुनै दलको बहुमत नआउने स्थिति बनेको छ ।
यस्तोमा स्थिर सरकार बन्नै नसक्ने अवस्था आयो’ केसीले केन्द्रीय समितिको बैठकमा भने, ‘यसैले प्रतिनिधिसभाको ४० प्रतिशत समानुपातिक राष्ट्रिय सभामा लाने र प्रतिनिधिसभा प्रत्यक्ष चुनावबाट छानिने व्यवस्था भए मुलुकमा सहजै स्थिर सरकार बन्छ ।’ सरकार बनाउने नाममा विचार र आस्था केही नमिल्नेसँग गठबन्धन बनाउनुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।
यो संविधानले मुलुकलाई स्थिर सरकार दिन नसक्ने र संविधान नै धरापमा पर्ने चिन्ता बढेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १२ : ४९
लेखकबाट थप