एजेन्सी । अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाएका हुन्।
युक्रेनी राष्ट्रपतिसँग वासिङ्टनमा भेटवार्ता गरेपछि किएभलाई रुसका भित्री भागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा उनी पुगेको हतियार सहायतासम्बन्धी विषयसँग परिचित एक जना अधिकारीले बताएका हुन्। युक्रेनले अब तीन सय किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका एटिएसीएमएस क्षेप्यास्त्र प्राप्त गर्ने उनले बताए।
यसैबीच, युक्रेनले शुक्रवार प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा क्षति गरेको छ। एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो। यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ असोज २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति