क्यानको सचिवमा पारस र प्रशान्तबीच कडा टक्कर

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १६ : १९
क्यानको सचिवमा पारस र प्रशान्तबीच कडा टक्कर

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ ।भर्खरै शुरू भएको मतगणनामा १० मत गन्दा दुवैले पाँच–पाँच मत ल्याएका छन् । निर्वाचनमा ८५ मत खसेको थियो ।

पारस सर्वसम्मत अध्यक्ष चतुरबहादुर चन्द प्यानलका उम्मेदवार हुन् । प्रशान्त क्यानका पूर्वसचिव हुन् ।अबको केहीबेरमै नजिता आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस