काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । प्रमुख बस्नेतले स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्दा थुप्रै विवादहरू आएका कारण यसलाई प्रदेश तहबाट सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिँदा शिक्षाको अवस्था खस्किँदै गएको बताउँदै उनले प्रदेशलाई जिम्मेवार बनाउनका लागि पनि विद्यालयको सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिनुपर्ने बताए । जसपाले शिक्षा विधेयकबारे शुक्रबार विज्ञप्ति जारी गरी संघीयताको मूल्य मान्यता र सिद्धान्तको अनुकूल हुने गरी विधेयक सच्याउनु पर्ने धारणा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाको नेवा: राष्ट्रिय समिति पुनर्गठन
कोशी प्रदेशका पालिकामा पार्टी पुनर्गठनका लागि जसपाले खटायो यी केन्द्रीय नेता (सूचीसहित)
जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी
जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने
जसपाको विधान प्रमाणीकरण गर्ने तयारी
जसपामा पहिचानमा आधारित राष्ट्रिय समिति खारेज गर्न माग