एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, २० : ११
एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडौँ  ।  एसियाली विकास बैंक एडीबीले नेपाललाई दिने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्नका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो ।

स्थानीय स्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि यो ऋणमार्फत् प्रदान गरिने रकम खर्च हुने एडीबीले जनाएको छ ।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि एडीबीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।‘एडीबीको कार्यक्रमबाट पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै लैङ्गिक एवम् जलवायुसम्बन्धी वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापनसम्बन्धी अर्थशास्त्री चन्दन सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस