प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतङ्कित

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, ०७ : ५२
प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतङ्कित

सिरहा । सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।

विशेष सुचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेको छन ।

बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतङ्कीत बनेका हुन ।

टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्येक दराज देखी बच्चाहरुको झोलासमेत खोलेर हेरेका थिए ।  रातभर हतियारधारी प्रहरीको घेराबन्दिमा बस्नुपर्दा निकै नै तनाब भएको उनीहरूकाे कुराे छ ।

स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद्ध राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यासायीहरुमा थप मानसिक तनाव भएको बताए । उनले भने,  ‘यो पसल यहाँका हाेलसेल व्यासायी गर्छ ।' साे सक्षेत्रका व्यसायीहरुलाई कपडा आपुर्ति गर्ने पसलमा प्रहरी लगाएर राजश्वले अनुसन्धान र खानतलासी गरे पछि  सिरहाका ब्यावसायी अातंकित बनेकाे उनकाे भनाइ छ । 

व्यासायी साहले भने, ‘व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरिवाना गर्दा हुन्छ तर व्यावसाय ठप्प भएर मानसिक तनाव खेपिरहेका व्यासायीलाई यो व्यवहारले थप पीडा दिएकाे छ ।’

प्रतिक्रिया दिनुहोस