हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १५ : २०
हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

काठमाडौं। हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ ।विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्पूर्ण ग्राहकहरूलाई काठमाडौं, पोखरा, चितवनलगायत देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।​

 

बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजमलगायत अन्य स्थानहरूमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउनेछन् ।

सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गर्नुपर्नेछ ।

छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीहरूको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंकको आधिकारिक वेबसाइट मा गई हेर्न सकिनेछ ।

हाल यो योजना १६० भन्दा बढी व्यावसायिक संस्थाहरूमा लागू भएको तथा निकट भविष्यमा देशभरि २०० वटा थप व्यावसायिक संस्थामा विस्तार गरी आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।