प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

आइतबार, ०३ भदौ २०७५, १८ : ५९
प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

काठमाडौँ  । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस