काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीतमध्ये भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए। कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेकशील साझाबाट आएका ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीले पार्टी छोडे
रास्वपाद्वारा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल