काठमाडौँ । बैठक बस्नका लागि आवश्यक सांसद सङ्ख्या नपुग्दा २ वटा संसदीय समितिका बैठक स्थगित भएका छन् । बिहान ११ बजे बोलाइएका अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएका हुन् ।
अर्थ समितिमा कुल २४ जना सांसद रहेकोमा गणपूरक सङ्ख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो, तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थिए । थप २ जना सांसद भएमा बैठक सञ्चालन गर्न मिल्ने भएकोले झन्डै १ घण्टा बढी समय थप सांसदको प्रतीक्षा गरिएको थियो।
धेरै सांसद जिल्लातिर गएको र शिक्षक आन्दोलनका कारण गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भएको अर्थ समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।यता २७ जना सदस्य रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पनि २ जना सांसद नपुगेर बैठक स्थगित भएको छ । बैठक बस्न १४ जना सांसद चाहिनेमा १२ जनामात्र आइपुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १२ : ५४
लेखकबाट थप