काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।संसद्मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले गरेको आन्दोलनका कारण बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको छ ।
शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि समयमा सदस्य आउन समस्या भएकोले बैठक स्थगित गर्नुपरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।‘१४ असोजदेखि हाम्रो राष्ट्रिय अभियान छ । यसैको तयारीको लागि बैठक डाकिएको थियो ।
तर शिक्षकको आन्दोलनले जाम हुँदा सचिवालय सदस्यहरू समयमा आउने स्थिति नै भएन’ खतिवडाले भने, ‘यसैले बैठक स्थगित गरेका हौं ।’
यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको 'समाजवादी जागरण यात्रा'बारे छलफल गर्न समाजवादी पार्टीले बैठक बोलाएको थियो ।राष्ट्रिय अभियानका विषयबाहेक समसामयिक राजनीतिक सन्दर्भ पनि बैठकको एजेन्डा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १२ : ३२
लेखकबाट थप