काठमाडौं। नेपाली कांग्रेसले आज (बिहीबार)बाट शुरू हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आजको बैठक पनि लाइभ गर्न लागिएको केन्द्रीय कार्यालका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले यसअघि गत साउनमा बसेको केन्द्रीय समिति बेठक पनि लाइभ गरेको थियो । ‘हामीले पहिले पनि बैठक लाइभ गरेका थियौं । आजबाट शुरू हुने बैठक पनि लाइभ हुन्छ,’ पौडेलले भने ।
केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।आगामी १३ देखि १५ गतेसम्म कांग्रेसको महासमिति बैठक बस्दैछ । यसै बैठकको एजेण्डा तय गर्न कांग्रेसको बैठक बस्न लागेको हो ।
बैठकमा समसामियक राजनीति, सरकारको कार्यसम्पादन, पार्टीका आन्तरिक संरचनासहितका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल