निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घट्यो

पत्रपत्रिकाबाट

विहीबार, ०४ असोज २०८०, ०७ : २४
निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घट्यो

काठमाडौ । चालु  आर्थिक  वर्ष  २०८०-८१  को  पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ ।

नेपाल  राष्ट्र  बैङ्कले  आइतबार  सार्वजनिक  गरेको  २०८०-८१  को  पहिलो  महिनाको  तथ्याङ्कमा  आधारित  देशको  वर्तमान  आर्थिक  तथा  वित्तीय  स्थितिका  अनुसार  साउनमा  निक्षेप  परिचालन  २.३  प्रतिशतले घटेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क  तथा  वित्तीय  संस्थाहरूको  कुल  निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश व्रmमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश व्रmमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश  ३५.२  प्रतिशत  रहेको  छ  ।  

२०७९  साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार अर्ब  ३५  करोड  (०.१  प्रतिशत)  ले  घटेको  छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो । गोरखापत्रमा खबर छ

प्रतिक्रिया दिनुहोस