राष्ट्रपति कार्यालयद्धारा ३४ जनाको आममाफी अस्विकार

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, १३ : १३
राष्ट्रपति कार्यालयद्धारा ३४ जनाको आममाफी अस्विकार

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी दिँदै सरकारले प्रस्ताव गरेको ३४ जनाको आममाफी अस्विकार गरेका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन। हत्या अभियोगमा जन्मकैद सजाय पाएका २५ सहित जघन्य अपराधका दोषीलाई आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयले रोकिदिएको छ  ।

व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, काठ तस्करी, कुटपिट तथा अंगभंग, हातहतियार खरखजानालगायत कसुरमा दोषी ठहर ३४ जनालाई संविधान दिवसमा आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयबाट रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस