भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, ११ : ४९
भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

बुटवल । नेपालको लागि भारतबेन्जको आधिकारिक विक्रेता  ओम्नि मोटर्स प्रालिले बुटवल उपमहानगरपालिका १० कालिका नगरमा पार्टर्स आउटलेट सञ्चालनमा ल्याएको छ।ग्राहकको  सहजता र भातरबेन्जको  जेनयुन पार्टर्सको पहुँच अझै फराकिलो बनाउने उद्देश्यले उक्त पार्टर्स आउटलेट  सञ्चालनमा  ल्याएको कम्पनीका कस्टुमर सर्भिस हेड सुमन धमलाले जानकारी दिए।

 

कम्पनीले नेपालमा पहिलो पार्टर्स आउटलेट बुटवलमा सञ्चालनमा ल्याएको हो । अब देशका विभिन्न सहरीमा पार्टर्स आउटलेट विस्तार गर्ने तयारीका रहेको कम्पनीले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस