गलफ्रेण्डसँग घुम्न जाँदा मन्त्री पद फुस्कियो !

आइतबार, ०३ भदौ २०७५, १३ : १७
गलफ्रेण्डसँग घुम्न जाँदा मन्त्री पद फुस्कियो !

गलफ्रेण्ड लिएर इरान घुम्न जाँदा एक मन्त्रीको मन्त्री पद फुस्किएको छ । यो खबर हो नर्वेका माछामन्त्री पेर सेन्डवर्गको । ५८ वर्षीय पेर सेन्डवर्गले सुरक्षा प्रोटोकल मिचेको विवादका कारण राजीनामा दिनुपरेको छ ।

उनी २८ वर्षकी आफ्नी प्रेमिका बहारिह लेटनेसलाई लिएर जुलाईमा छुट्टी मनाउन इरान गएका थिए । बहारिह लेटनेस इरानकी पूर्वमिस इरान हुन्। उनकी प्रेमिका बहारिहलाई लिएर विदेश जाँदा उनले सुरक्षा प्रोटोकलको उल्लघंन गरेका थिए ।
खासमा, नर्वेको इन्टेलिजेन्स एजेन्सीले रुस र चीनबाहेक इरानलाई पनि जासुसी गर्ने देशको सूचीमा राखेको छ ।

मन्त्री सेन्डवर्गले प्रधानमन्त्री कार्यालयमा जानकारी नदिई घुम्न गएका थिए । यो विषयमा उनको धेरै आलोचना भएपछि बाध्य भएर राजीनामा दिएका थिए । भ्रमणका क्रममा उनले सरकारी मोबाइल पनि सगैँ लिएर गएका थिए ।
नर्वेको प्रोग्रेस पार्टीले कन्जभेटिभ र लिबरल्ससँग मिलेर सरकार बनाएको थियो । सेन्डवर्ग प्रोग्रेस पार्टीको दोस्रो नम्बरका नेता थिए ।
मन्त्रीकी प्रेमिकाले नर्वेको नागरिकता पाउन तीनपटकसम्म आवेदन दिएकी थिइन् । तीनैपटक उनको आवेदन खारेज गरिएको थियो । उनलाई इरानले देशनिकाला गरेको थियो । तर, उनलाई इरानमा जबर्जस्ती विवाह गरिदिन लागिएकाले नर्वेले बस्ने अनुमति दिएको थियो ।
एक अखबारका अनुसार लेटनेसले धेरै ब्युटी कन्टेस्टसँगै मिस इरान २०१३, मिस ग्लोब इरान २०१४ हुँदै मिस ग्रयान्ड इन्टरनेसनलमा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् । उनी दुई कम्पनीकी मालिक हुन्, जुन कम्पनीले नर्वे–इरानबीच माछा र ग्यासको आयात–निर्यात गर्छ । नर्वेमा लेटनेसका विषयमा अनुसन्धान सुरु गरिएको छ । तर, लेटनेसले इरान सरकारसँगको कुनै पनि सम्बन्धलाई इन्कार गरेकी छिन् ।
 

प्रतिक्रिया दिनुहोस