सडकमा फेला पर्‍यो गोली लोड गरेको पेस्तोल

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, ०८ : ०८
सडकमा फेला पर्‍यो गोली लोड गरेको पेस्तोल

File pic

काठमाडौ । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। 

सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

आपराधिक घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हिँडेको र प्रहरीलाई देखेपछि फालेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । 

प्रतिक्रिया दिनुहोस