कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा लाग्ने शुल्कमा यही सातादेखि छुट

पत्रपत्रिकाबाट

सोमबार, ०१ असोज २०८०, ०७ : १७
कम्पनी दर्ता र  पुुँजी  वृद्धि  गर्दा  लाग्ने  शुल्कमा यही सातादेखि छुट

काठमाडौ । कम्पनी  दर्ता  र  पुुँजी  वृद्धि  गर्दा  लाग्ने  शुल्क तथा दस्तुुरमा छुुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ । 

मन्त्रीपरिषद्को हालै बसेको निर्णयले छुुट दिन सूचना प्रकाशन गर्नका लागि स्वीकृत दिएसँगै सो  व्यवस्था  कार्यान्वयनमा  आउन  लागेको  हो ।

उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयले  छुट दिने व्यवस्था राजपत्रमा प्रकाशित गरेपछि  कम्पनी दर्ता र पुुँजी वृद्धि निःशुुल्क गर्ने प्रकृया कार्यान्वयनमा आउने छ ।

कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार महेश बरालले चालुु आर्थिक वर्षको बजेटमार्फत  गत साउन १ देखि कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा शुुल्क नलाग्ने व्यवस्था लागुु हुने भनिए पनि  कानुुन  न्याय  तथा  सङ्घीय  मन्त्रालय  र  अर्थ मन्त्रालयबिचमा कुुन कानुन लगाउने भन्ने विषयमा  अलमल  हुुँदा  कार्यान्वयनमा  आउन  ढिलाइ भएकोे जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस