युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने

रासस

आइतबार, ३१ भदौ २०८०, १३ : ३६
युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने

काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । ३० भदौमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

जसमध्ये हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभापछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस