बाँकेमा शक्तिशाली विष्फोट, घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरू फेला

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, ११ : ५९
बाँकेमा शक्तिशाली विष्फोट, घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरू फेला

बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार शनिवार राती पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पूर्वमा विष्फोट भएको हो ।

विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ। स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। राती विष्फोट भएपनि कति बजे भयो भन्नेबारे खुलेको छैन् । विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एक तर्फको भाग भत्केको प्रहरीले जनाएको छ।

घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरू फेला परेको सडक मुनि विछ्याइएको द्वन्द्वकालिन विष्फोट पदार्थ अहिले आएर विष्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस