मेस्सीबिना मियामीको नमिठो हार

एजेन्सी

आइतबार, ३१ भदौ २०८०, ०९ : १६
मेस्सीबिना मियामीको नमिठो हार

एजेन्सी । स्टार खेलाडी लियोनेल मेस्सी बिना मैना मैदानमा उत्रेको इन्टर मियामी एटलान्टा युनाइटेडसँग लज्जास्पद हार बेहोर्न बाध्य भएको छ ।

शनिबार भएको एमएलएस अन्तरगतको खेलमा मियामी २–५ गोलले पराजित भएको हो ।खेलको २५ औँ मिनेटमा लियोनार्डो क्याम्पानाले मियामीलाई अग्रता दिलाएका थिए । तर, ट्रिस्टन मुयुम्बाले ३६ औँ मिनेटमा खेल बराबरी गरे । ५ मिनेटपछि कमाल मिलरले आत्मघाती गोल गरेपछि एटलान्टाले खेलमा अग्रता लियो ।

पहिलो हाफको अन्त्यमा ब्रुक्स लेननले अर्को गोल थप्दै एटलान्टाको अग्रता फराकिलो बनाए ।दोस्रो हाफको ५३ औँ मिनेटमा क्याम्पनाले पेनाल्टीबाट गोल गर्दै मियामीलाई खेलमा फर्काउने प्रयास गरे । तर, जर्जोस जियाकोमाकिस र टाइलर वुल्फले एक–एक गोल थप्दै एटलान्टालाई शानदार जीत दिलाए ।

पराजयसँगै मियामी एमएलएसको १४ औँ स्थानमा सीमित रहेको छ । एटलान्टा छैटौँ स्थानमा रहेको छ ।