अमेरिका जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १२ : ५७
अमेरिका जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।प्रधानमन्त्री आज साँझ अमेरिका प्रस्थान गर्नेछन् ।त्यसपछि उतैबाट प्रधानमन्त्री चीन भ्रमणमा जानेछन्।

प्रतिक्रिया दिनुहोस