काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुअघि सुक्रबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आक्रमणकारीलाई प्रचलित कानुन अनुसार कारबाही अघि बढाएको पनि जानकारी गराएका छन् ।
उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।कांग्रेस नेता यादवमाथि गत भदौ २० गते नुवाकोटका श्यामबहादुर सापकोटाले भृकुटीमण्डपमा खुकुरी प्रहार गरेका थिए । त्यस घटना लगतै उनी पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता